पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा

जनता संवाददाता
२०७९ मंसिर १६ गते, शुक्रबार

कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा दक्षिण कोरिया प्रवेश गरेको छ।

एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो। पोर्चुगलविरुद्ध दक्षिण कोरियाले पुनरागमन गर्दै जित निकालेको हो।

प्रकाशित मिति : २०७९ मंसिर १६ गते, शुक्रबार