हुम्ला । हुम्ला जिल्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाले आउदो बर्षको बैशाखमा साक्षर गाउँपालिका घोषणा गर्ने भएको छ ।
ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार गाउँपालिका का वडा नं १ देखि वडा नं ५ सम्म प्रौढ शिक्षा सञ्चालन गरिएको छ । जसमा आफ्नो नाम समेत लेख्न नसक्ने बुढा पाखाहरुलाई २ देखि तिन महिना सम्म शिक्षा दिएर सम्पूर्ण पालिका बासि निरक्षर ब्यक्ति लाई साक्षर बनाउने उदेश्य राखिएको छ ।
अध्यक्ष जैसिले लेखेका छन्, ” सम्पूर्ण शिक्षक कर्मचारी मित्रहरू, राजनीति कर्मि साथीहरू, विद्यार्थी भाइबहिनीहरु, समाजका बौद्धिक तप्काहरु , व्यापारी र अग्रज माहानुभावहरु हाम्रो गाउँ पालिका ताँजाकाेटलाई आगामी वैशाखमा साक्षर गाउँपालिका घाेषणा गर्ने महान् उदेश्यका साथ अभियान संचालन भैरहेको यस सन्दर्भमा यहाँहरुले आ-आफ्नो ठाउँबाट साथ दिन हार्दिक अपिल गर्दछु । यहाँहरुकाे घर-घरमा व्यापक पठनपाठन कक्षाहरु शुरु हुनेछन् र उक्त अभियानमा अमुल्य समय दिएर निरेक्षर उन्मुलन गर्ने महान अभियानमा सहयोग पुर्याउनु हुनेछ “।