रास्वपा रवि लामिछानेकै नेतृत्वमा सरकारमा जाने

जनता संवाददाता
२०७९ पुष ११ गते, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । ‘सभापतिकै नेतृत्वमा सरकारमा जाने सम्भावना छ । तर निर्णय भएको छैन’, प्रवक्ता मुकुल ढकालले भने ।

अघिल्लो साता बसेको रास्वपाको बैठकले सरकारमा जाने नजाने निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई नै दिएको थियो । २० सिट रहेको रास्वपाले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको छ ।

महत्त्वपूर्ण मन्त्रालयमा रास्वपाको दाबी छ । तर पार्टीहरूको संयुक्त बैठकले मन्त्रालयको भागवण्डा लगाउने छ । रास्वपाले उपराष्ट्रपति र उपसभामुखको सट्टा मन्त्रालयमै दाबी गर्ने भएको छ । सरकारमा सहभागी हुनेबारे अहिले रास्वपाका नेताहरू आन्तरिक छलफलमा छन् ।

प्रकाशित मिति : २०७९ पुष ११ गते, सोमबार


Scroll to Top

Janata Media