जेष्ठ सदस्य शाहले गराए कर्णाली प्रदेशका सांसदहरुलाई सपथ

जनता संवाददाता
२०७९ पुष ११ गते, सोमबार

सुर्खेत । कर्णाली प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जेष्ठ सदस्य विनोद कुमार शाहले सोमबार सांसदहरुलाई शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए ।

शाहले प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । शाह सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म कार्यवाहक सभामुख भएर अध्यक्षता ग्रहण गर्ने छन् ।

४० सदस्यि कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन् ।

कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १/१ जना सांसद रहेका छन् । एक जना स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति : २०७९ पुष ११ गते, सोमबार


Scroll to Top

Janata Media