मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

जनता संवाददाता
२०७९ पुष १४ गते, बिहीबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढिरहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।

त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्रप्रसाद दाहालले छिमेकी मुलुक चीन र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको बताए ।

उनका अनुसार त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ ।

नेपालमा कोभिड–१९ को सङ्क्रमण कम हुँदै गएको छ । तर विश्वव्यापीरुपमा छिमेकीलगायत केही देशमा उक्त रोगको नयाँ भेरियन्ट विएफ ७ देखा परेको छ ।

प्रकाशित मिति : २०७९ पुष १४ गते, बिहीबार


Scroll to Top

Janata Media