अचेत अवस्थाका चेपाङको मृत्यु

जनता संवाददाता
२०८२ असार १२ गते, बिहीबार

काठमाडौं । हेटौँडा उपमहानगरपालिका –१९, बस्तीपुरको प्रतीक्षालयमा अचेत अवस्थामा फेला परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरेर प्रतिक्षालयमा अचेत अवस्थामा बुधबार राति फेला परेका मनहरी गाउँपालिका –३ ढेडो खोलाका ४२ वर्षीय सानो माइला चेपाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय नेवरपानीबाट खटिएको प्रहरीले चेपाङको उद्धार गरी उपचारका लागि अटोमा राखेर हेटौँडा अस्पतालमा लगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका पदाधिकारीले जनाएका छन् ।

चेपाङको उपचारको क्रममा ९ बजेर ४० मिनेट जाँदा मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक सूचना अधिकारी सञ्जयसिंह थापाले जानकारी दिए ।

त्यस्तै, पूर्वी मकवानपुरको बागमती –७ पाथीभरामा नुहाउने क्रममा ढुङ्गामा चिप्लिएर जमेको पानीमा डुबेर बालिका घाइते भएका छन् । स्थानीय १२ वर्षीय मेलिनाकुमारी राई दिदीहरुसँग चौरा खोलामा नुहाउने क्रममा ढुङ्गामा चिप्लिएर जमेको पानीमा डुबेका थिए ।

प्रकाशित मिति : २०८२ असार १२ गते, बिहीबार


Scroll to Top

Janata Media