घुस लिने विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्य पक्राउ

जनता संवाददाता
२०८१ पुष २५ गते, बिहीबार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण गरी भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा विद्यालयका दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला नवलपरासी (पश्चिम) पाल्हिनन्दन गाउँपालिका, वडा नं. ५ स्थित राजनारायण माध्यमिक बिद्यालय सहायक (लेखापाल) सुरेस गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्रप्रसाद कहारलाई पक्राउ गरिएको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेको अनुसार, अभियुक्तहरुले भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस,रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निजहरु सुरेस गुप्ता र सुरेन्द्र प्रसाद कहारलाई सेवाग्राहीबाट ६५ हजार घुस लिइरहेको अवस्थामा उक्त रकमसहित निज लेखापालको कार्यकक्षबाट बुधबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८१ पुष २५ गते, बिहीबार


Scroll to Top

Janata Media