एक वर्षमा भित्रिए ६ लाख १४ हजार १४८ पर्यटक

जनता संवाददाता
२०७९ पुष १७ गते, आईतवार

काठमाडौं । एक वर्षमा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल आएका छन् । नेपालमा कोभिड-१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो ।

नेपाल पर्यटन बोर्डका अनुसार सन २०२२ मा  एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक भित्रिए ।  जुन सन् २०२१ को तुलनामा ३०९ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६ दशमलव ९२ प्रतिशत धेरै हो ।

सन् २०२२ मा सबैभन्दा भारतीय पर्यटक आएका छन् । बोर्डका अनुसार २ लाख ९ हजार १०५ जना भारतीय नेपाल आएका छन् । दोस्रोमा अमेरिकी छन् । ७७ हजार ९ जना अमेरिकी नेपाल आएका छन् । तेस्रोमा बेलायती छन् । बेलायतबाट ४४ हजार ७८१ जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । अस्ट्रेलियाबाट २६ हजार ८७४ जना आए का छन् ।  बंगलादेशबाट २५ हजार ३८४ जना पर्यटक आएका छन् ।

प्रकाशित मिति : २०७९ पुष १७ गते, आईतवार


Scroll to Top

Janata Media