काठमाडौँ । प्युठान नगरपालिका वडा नम्बर २ झारिवाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रा १ त २१८८ नम्बरको ट्याक्टर दुर्घटनामा रम्भादेवी गाउँपालिका–४ पाल्पाका २३ वर्षीय डम्बर बहाुदर सुनारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमाकान्त खनालले जानकारी दिए ।
प्युठान नगरपालिका वडा नम्वर २ कै आरनेटाबाट दाखाक्वाडी जाँदै गरेको ट्याक्टर ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा घाईते सुनारी मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नौबहिनी गाउँपालिका वडा नम्वर ४ खवाङका १९ वर्षीय नविन मल्ल घाईते भएका छन् । घाईते मल्लको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरी निरीक्षक खनालले जानकारी दिए ।







