नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौंमा

जनता संवाददाता
२०७९ पुष २४ गते, आईतवार

काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौँ आइपुगेका छन्।

राजदूत सोङ आइतबार बिहान काठमाडौँ आइपुगेका हुन्। होउ यान्छीको कार्यकाल सकिएपछि चीनले सोङलाई राजदूत बनाइ पठाएको हो। यान्छी भने आसियानका लागि राजदूत नियुक्त भइसकेकी छन्।

नवनियुक्त राजदूत सोङ चीनको विदेश मामिला मन्त्रालयमा एसिया मामिला विभागका डेपुटी डाइरेक्टर जनरल ९डिडिजी० समेत रहेका थिए।

प्रकाशित मिति : २०७९ पुष २४ गते, आईतवार