भारत र पाकिस्तान तनावः आईपीएलका बाँकी खेल स्थगित

जनता संवाददाता
२०८२ बैशाख २६ गते, शुक्रबार

काठमाडौँ । भारत र पाकिस्तान बीचको तनावको कारण इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को जारी सिजन स्थगित गरिएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को बैठकले यस्तो निर्णय लिएको हो ।

बीसीसीआईले तत्कालका लागि विदेशी खेलाडीलाई घर फर्काउने विषयलाई प्राथमिकता दिइएको र प्रतियोगिताको नयाँ मिति चाँडै घोषणा गर्ने जनाएको छ ।

८ मेसम्म आईपीएलका ५८ खेलहरू भएका थिए । बिहीबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचमै रद्द भएको थियो । धर्मशालामा भइरहेको खेलका बीच पाकिस्तानले भारतमा आक्रमण गरेपछि खेल रद्द भएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते, शुक्रबार


Scroll to Top

Janata Media