मुगु हत्या प्रकरण- घटनामा संलग्न व्यक्तिलाई आज सार्वजनिक गरिदै

जनता संवाददाता
२०८० कार्तिक २४ गते, शुक्रबार

काठमाडौं । मुगु सामूहिक हत्या घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्न लागेको हो ।

उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । स्रोतका अनुसार शाही मृतकका आफन्त हुन् । हत्यामा उनीसँगै अर्का एकजनाको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ । यसबारे अनुसन्धान गरिरहेको स्रोत बताउँछ ।

अनुसन्धानका लागि आइतबारमात्रै सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा एउटा टोली मुगु पुगेको थियो । कार्तिक १० मा मुगुको छायाँनाथ रारा नगरपालिका–६, मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, ९ वर्षीया अप्सरा र आठ महिनाका रहरको शव फेला परेको थियो ।

यो पनि पढ्नुहोस्:

मुगु हत्या प्रकरण – १३ दिनपछि पक्राउ परे आरोपी

मुगु हत्या प्रकरण: केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानको जिम्मा

मुगु हत्या प्रकरण: आमासहित तीन बालकको सामूहिक दाहसंस्कार

मुगु हत्या प्रकरण: हत्या भएको हप्ता दिन पुग्दा पनि अनुसन्धानको टुङ्गो लागेन

मुगु हत्या प्रकरण: हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तको अडान

मुगु हत्या प्रकरण: हत्या आशंकामा मुगुमा एक व्यक्ति पक्राउ

मुगुमा आमा, दुई छोरा र एक छोरीको हत्या

प्रकाशित मिति : २०८० कार्तिक २४ गते, शुक्रबार


Scroll to Top

Janata Media