अदानचुलीमा विवाद उत्पन्न हुनुको प्रमुख कारण, साउन २० गतेको निर्णय (निर्णयसहित)

जनता संवाददाता
२०७९ पुष २६ गते, मंगलवार

कालीबहादुर थापा, हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा बिबाद आउनुको मुख्य कारण भनेको साउन २० गते बसेको सत्ता गठबन्धनको बैठकको निर्णयले भएको देखीएको छ ।

गएको साउन २० गते संयन्त्रका संयोजक मानबहादुर थापाको संयोजकत्वमा बसेको बैठकले प्रमुख प्रशासकिय अधिकृत एकिकृत समाजबादीले सातौ तहको ल्याउने र सातौ तहको नआउन्जेल सम्मको लागि नेकपा माओबादी केन्द्रले सिफारिस गरे अनुसार गर्ने निर्णय गरेको थियो सो निर्णय कार्यान्वयन नहुँदै गाउँपालिकाका अध्यक्षले निमित्तमा मेघनाथ शाहीलाई ल्याएको र यता सातौ नआउन्जेल सम्मको लागि भन्दै अध्यक्ष बाहेक अन्य उपलब्ध कार्यपालिकाका सदस्यहरुले बहुमतको आधारमा स्वास्थ्य संयोजक संस महतारलाई निमित्तमा सिफारीस गरे पश्चात बल्झीएको बिबाद अहिले सम्म पनि टुंगोमा पुग्न नसकेको देखीएको छ ।

सोहि बैठकमा त्यो निर्णय सँगै इन्जीनियरमा नेपाली काँग्रेश,सुचना अधिकृतमा समाजबादी,कृषिमा नेपाली काँग्रेश र भेटनरीमा समाजबादीको क्रमचारी नियुक्त गर्ने निर्णय गरेको थियो साथै स्वास्थ्यमा नेपालिका काँग्रेश र शिक्षामा माओबादी केन्द्रले क्रमचारी राख्ने निर्णण पनि गरेको थियो भने यता सोहि समयमा अर्थात साउन १५ गते गाउँपालिकामा आबश्यक क्रमचारी अभाबका कारण नेपालको ठुलो पत्रिका गोरखा पत्रमामा बिज्ञपन गरेर सबै क्रमचारीहरुको माग गरि रहेको अबस्थामा साउन २० गते बसेको उक्त बैठकले क्रमचारी समेत भागबण्डा गरेको थियो ।

उक्त भागबण्डामा नेपालिका काँग्रेशले १४,माओबादी केन्द्रले २३ र समाजबादीले १४ क्रमचारी नियुक्त गर्ने निर्णय गरेको थियो उक्त निर्णय कार्यान्वयन नहुँदै मनोमनी तरीकाले क्रमचारी भर्ना गर्नु र बिज्ञापनको ब्यवास्था गर्नुले पनि बिबाद झन् उत्क्रषमा पुगेको बुझिएको छ ।

यस्ताे थियो साउन २० गतेको निर्णय

प्रकाशित मिति : २०७९ पुष २६ गते, मंगलवार


Scroll to Top

Janata Media