प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेबीच भेटवार्ता

जनता संवाददाता
२०७९ पुष ३० गते, शनिबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न शनिबार साँझ बालुवाटार पुगेका हुन्। स्रोतका अनुसार उनीहरुबीच मन्त्रिमण्डल विस्तारलगायतको विषयमा छलफल छ।

मन्त्रिमण्डल विस्तारको विषयमा छलफल गर्न आजै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि छलफल भएको थियो।

सात दलीय सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा मन्त्रिमण्डल विस्तार हुन सकेको छैन।

प्रकाशित मिति : २०७९ पुष ३० गते, शनिबार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media