काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताएका छन् ।
सोमबार अनेरास्ववियुले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्न विद्यार्थी नेताहरूलाई आग्रह गरेका हुन् ।
उनले हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तररण गर्नुपर्ने बताए । उनले वास्तविक विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरूको नेतृत्व गर्नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडी बढाउनुपर्नेमा जोड दिए । महासचिव पोखरेलले अनेरास्ववियुलाई अग्र्यानिक अनेरास्ववियु बनाउन निर्देशन दिए ।