तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

जनता संवाददाता
२०७९ माघ ३ गते, मंगलवार

काठमाडौं । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ ।

नाबालिकलाई जबरजस्तीकरणी गरेको अभियोग लागेका पललाई मंगलबार न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले सफाइ दिएको हो ।

तनहुँ जिल्ला अदालतले उनलाई पूर्णरूपमा सफाइ दिएको हो । तनहुँबाट पूर्णरूपमा सफाइ पाएपनि नवलपुर जिल्ला अदालतले तोकेको कैद सजाय भुक्तान भइनसकेकाले उनी तत्काल रिहा भने हुने छैनन् ।

उनलाई जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगको अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको छ ।

तर, शाहको तर्फबाट नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुरावेदन मुद्दा दायर भएको छ । उच्च अदालतले नवलपुरको फेसला बदर गरेमा वा कैद सजाय भुक्तान भएमा मात्र उनी रिहा हुनेछन् ।

उनी हाल तनहुँ कारागारमा छन् ।

प्रकाशित मिति : २०७९ माघ ३ गते, मंगलवार


Scroll to Top

Janata Media