नेपाल विद्यार्थी संघ हुम्ला-काठमाडौं सम्पर्क समितिको पहलमा बिरामीलाई आर्थिक सहयोग !

जनता संवाददाता
२०७९ माघ ३ गते, मंगलवार

हुम्ला ।  हुम्ला जिल्ला सर्केगाड गाउँपालिका वडा न. १ घर भएका लोकेन्द्र शाहीको हात अप्रेसन गर्नको लागि नेपालगन्जको वस्टेन हस्पिटलमा उपचारको लागि भर्न भएको र आर्थिक अबस्थाको कारणले उपचार खर्चको अभाव भएको भने सुन्न अए पछि नेपाल विद्यार्थी संघ हुम्ला-काठमाडौं सम्पर्क समिती द्वारा २०७९-०९-०४ गतेको दिन लोकेन्द्र शाही उपचार अभियान संचालन गरि सहयोगको अपिल गरेको थियो ।

सो समाचार प्रसार तथा अपिल पछि समाजिक सदभाब देखाउदै नेपाली काङ्ग्रेस प्रदेश सभा “क” का सभापति श्री मानदेव शाही ज्यु ले रु ५००० (पाँच हजार मात्र ) सहयोग गरेका छन् । बिगतका दिनमा काठमाडौंमा हुम्लाका विद्यार्थी , युवाहरु लाई विभिन्न सहयोग गर्दै आउनु भएका हुम्ला जिल्ला तरुण दलका युवा नेता श्री जीत बुढा (क्षेत्री ) ज्यु ले रु १०,००० ( दस हजार मात्र ) सहयोग गरेका छन् । त्यस्तै सर्केगाड गाउँपालिका वडा न. ३ का वडा अध्यक्ष (जनप्रतिनिधि ) श्री अकिल कार्की ज्यु ले रु २००० (दुई हजार मात्र ) सहयोग गरेका छन् ।

लोकेन्द्र शाही उपचार अभियान स्वकार्दै समाज रूपान्तर , सहयोगी भावना , असल मानव समाजको सभ्यता देखाउनु हुने प्रदेश सभापति मानदेव शाही र तरुण युवा नेता जित बुढा (क्षेत्री ) ज्यु लाई नेपाल विद्यार्थी संघ हुम्ला-काठमाडौं सम्पर्क समिति परिवारले धेरै धेरै धन्यवाद प्रकट गरेको छ ।

नेबि. संघ हुम्ला-काठमाडौं सम्पर्क समितिका अध्यक्ष श्री अंग बहादुर सिंह का अनुसार हाम्रो सानो सानो सहयोग ले कसैको जिवनमा ठुलो मद्दत पुग्ने छ भन्ने हेतुका साथ लोकेन्द्र शाही बचाउ अभियान संचालन गरेका थियौं । सो अभियानलाई स्वकार गरि दिनु हुने नेपाली काङ्ग्रेसका प्रदेश सभा ” क ” का सभापति श्री मानदेव शाही र तरुण युवा नेता जित बुढा (क्षेत्री ) ज्यु लाई मेरो ब्यक्तिगत तर्फबाट र सम्पर्क समितिको तर्फबाट धेरै आभार प्रकट गर्दछौं ।

सहयोगी दाता बाट सहयोग भएको जम्मा रु १७,००० (सत्र हजार मात्र ) रकम वडा अध्यक्ष श्री अकिल कार्की मार्फत लोकेन्द्र शाही लाई हस्तान्तरण गरेका छौं । अध्यक्ष सिंहका अनुसार पूर्वीय नेपाल,तराई र मध्य पहाडी समुदाय तिर छरछिमेकमा परेको समस्यामा आफ्नो सक्दो सहयोग गरि उद्धार तथा राहतमा धेरै जुट्ने गरेको पाइन्छ ।

अब हामि हुम्लाका नागरिकले असल समाजको सभ्यता देखाई गरिब, असाय ,अशक्त , बिपन्न बर्ग हरु लाई आफ्नो सो इच्छा सक्दो सहयोग गर्ने सिस्टम राख्नु पर्दछ भन्ने ठानेको छु र सम्पुर्ण हुम्ली दाजुभाइ तथा दिदिबहिनी प्रती मलाई पुर्ण विश्वास पनि छ । भनेर हामीलाई बताए ।

प्रकाशित मिति : २०७९ माघ ३ गते, मंगलवार


Scroll to Top

Janata Media