कर्णाली प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनिधि नन्द सिंह

जनता संवाददाता
२०७९ फाल्गुन ७ गते, आईतवार

हुम्ला । मानव अधिकार उल्लङघन र ज्यातीका घटना अभिलेखमा महत्वपुर्ण योगदान पुर्याएको भन्दैँ इन्सेकले नन्द कुमार सिंहलाई कर्णाली प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनिधि घोषणा गरेको छ ।

इन्सेक हुम्लाका जिल्ला प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ हुम्लाका सचिवसमेत रहेका सिंहले नेपाल मानव अधिकार वर्ष पुस्तक ०२३ का लागि तथ्य तथ्याङक प्रेषित गरेको भन्दै प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनीधि घोषणा गरेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिए ।

कर्णाली प्रदेशकै १० जिल्लाबाट महत्वपुर्ण रुपमा इन्सेकमा काम गरेपछि सिहंलाई यस वर्षको कर्णाली प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनिधि छनौट भएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिए ।

‘सन २०२३ को नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि तथ्य र तथ्याङक संकलन गरे कार्यालयमा प्रेषित गरेको आधारमा हुम्ला प्रतिनिधि सिंह प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनीधि घोषित भएका हुन्’ सुवेदीले भने, ‘कार्यसम्पादनका आधारमा हरेक वर्ष घोषित हुने जिल्ला प्रतिनिधिमा यो वर्ष उहाँ ९सिंह० पर्नु भएको हो ।’

प्रदेशकै उत्कृष्ट जिल्ला प्रतिनिधि सिंहलाई इन्सेकले एक कार्यक्रममा नगद रकम सहित प्रशंसापत्र प्रदान गर्ने जनाएको छ । आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट भएकोमा सिंहलाई नेपालवोटका तर्फबाट हार्दिक बधाई समेत दिइएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते, आईतवार


Scroll to Top

Janata Media