टुँडिखेलमा सोनाम ल्होछारको रौनक (फोटोफिचर)

जनता संवाददाता
२०७९ माघ ८ गते, आईतवार

काठमाडौं । तामाङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी आज सोनाम ल्होछार पर्व मनाएका छन् । काठमाडौं उपत्यकासहित तामाङ समुदायको ठूलो बस्ती रहेका स्थानहरुमा हर्षोल्लास पूर्णरुपमा सोनाम ल्होछार मनाएका हुन् ।

आजको दिन तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ । आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरू भएको छ । आजदेखि ताकल्हो (बाघ वर्ष)लाई विलाई गरी आजदेखि ह्योई ९खरायो वर्ष० ल्हो वर्ष सुरू भएको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०७९ माघ ८ गते, आईतवार


Scroll to Top

Janata Media