म्याच फिक्सिङ प्रकरण – क्रिकेटर महबुब आलम र आदिल अन्सारी पक्राउ

जनता संवाददाता
२०७९ माघ ९ गते, सोमबार

काठमाडौं । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुईजना क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व क्रिकेटर महबुब आलम र आदिल अन्सारी छन् ।

उनीहरुलाई आज बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

उनीहरुलाई आज  बिहान ११ बजेतिर पक्राउ गरिएको जनाएको छ ।  नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले दुई खेलाडी पक्राउ परेको पुष्टि गरे ।

उच्च स्रोतले दिएको जानकारीअनुसार पक्राउ गरिएका दुई खेलाडीलाई अहिलेसम्म पनि केन्द्रीय अनुसन्धान ब्यूरो पुर्‍याइएको छैन ।

प्रकाशित मिति : २०७९ माघ ९ गते, सोमबार


Scroll to Top

Janata Media