एम्बाप्पे एक्लैले ५ गोल गर्दा पिएसजीको सानदार जित

जनता संवाददाता
२०७९ माघ १० गते, मंगलवार

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलमा पाएस डी कासेलाई फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

सोमबार राति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७-० गोल अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको हो।

पिएसजीको जितमा केलियन एमबाप्पे एक्लैले ५ गोल गर्दा नेइमार र कार्लोस सोलेरले थप १-१ गोल गरेका थिए ।

एमबाप्पेले खेलको २९ औं, ३४औं, ४०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि एमबाप्पेले ५६औं र ७९औं मिनेटमा थप दुई गोल गरे।

 

प्रकाशित मिति : २०७९ माघ १० गते, मंगलवार


Scroll to Top

Janata Media