
हुम्ला । प्रतिनिधि सभा निर्वाचन अन्तरगत हुम्लामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुल लामा निर्वाचित भएका छन् । उनी ४ हजार ८२८ मतान्तरसहित निर्वाचित भएका हुन् ।
लामाले १४ हजार ३७१ मत ल्याउँदा नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत ल्याए । राप्रपाका तेज बहादुर रावत ३७९ मतमा सीमित भए । हुम्लामा ५२८ मत बदर भएको थियो ।
पराजित रावल कर्णाली प्रदेशकाे पहिलो सामाजिक विकास मन्त्री हुन् भने विजयी लामा गैरसांसदका रुपमा प्रदेशकाे ६ महिना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।