नेपाल टेलिकमसँग अदानचुली गाउँपालिकाको इन्टरनेट सेवा विस्तार गर्न माग

जनता संवाददाता
२०७९ फाल्गुन २ गते, मंगलवार

काठमाडौँ । हुम्लाको अदानचुली गाउँपालिकाले नेपाल दुर सञ्चार प्राधिकरण (नेपाल टेलिकम) सँग इन्टरनेट सेवा विस्तारको कार्य सञ्चालन गर्न आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह द्धारा पेस गरिएको निवेदनमा उक्त कार्य यथाशक्य छिटो सञ्चालन गर्न आग्रह गरिएको हो ।

गाउँपालिकाको केन्द्र श्रीनगरमा कुनै पनि काम सञ्चालन गर्नका लागि इन्टरनेट सेवा अतिआवश्यक भएकाले नेपाल टेलिकमको स्थापना र सेवा विस्तार गर्न आग्रह गरिएको छ ।

पत्र हेर्नुहोस्:

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते, मंगलवार


Scroll to Top

Janata Media