
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका छन् ।
उनको नागरिकता विवादसम्बन्धि मुद्दामा सर्वोच्च अदालतले उनको विपक्षमा फैसला आएसँगै उनले राजीनामा दिएका हुन् ।
सर्वोच्चको फैसलासँगै उनको सांसद पद समेत गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनको नागरिकता नै अवैधानिक भएसँगै सो पद समेत गएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ ।