हुम्लाका डीएसपी भट्टराई कारबाहीमा, अनुसन्धानका लागि सुर्खेत ल्याइयो

जनता संवाददाता
२०८० कार्तिक ११ गते, शनिबार

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नयाब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराई कारबाहीमा परेका छन् । भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत तानिएको छ ।

प्रहरी उच्च स्रोतका अनुसार, मदिरापान सेवन गरी एक महिलामाथि दुर्व्यवहार गरेको उजुरी परेपछि डीएसपी भट्टराईमाथी थप अनुसन्धानका लागि प्रदेश तानिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानीरिक्षक (डीआईजी) भीमप्रकास ढकालले भट्टराईलाई हुम्ला प्रहरीको जिम्मेवारीबाट हटाएर अनुसन्धानका लागि प्रदेश तानिएको बताए पनि यसबारे उनी थप  खुल्न चाहेनन् । भट्टराईमाथि थप अनुसन्धान भइरहेको डीआईजी ढकालको भनाइ छ ।

प्रकाशित मिति : २०८० कार्तिक ११ गते, शनिबार


Scroll to Top

Janata Media