गगन थापाले गरे सभापतिमा उम्मेदवारी घोषणा

जनता संवाददाता
२०८२ मंसिर १७ गते, बुधबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापतिको घोषणा गरेका छन्। पुस २६ देखि २८ गतेसम्म कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा आयोजना हुँदैछ।

मंसिर १५ गते केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका ल्याएको थियो। महामन्त्री थापाले केन्द्रीय समितिबाट १५ औं महाधिवेशन कार्यतालिका आइसकेको उल्लेख गर्दै आफू सभापति पदमा उठ्ने घोषणा गरेका हुन्।

‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो,’ हिमालय टिभीको यक्ष प्रश्नका लागि अन्तर्वार्ताका क्रममा पत्रकार निमेष बञ्जाडेसँग थापाले घोषणा गरे, ‘मलाई के विश्वास छ भने, नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ।’

प्रकाशित मिति : २०८२ मंसिर १७ गते, बुधबार


Scroll to Top

Janata Media