
मुगु । मुगुको छाँयानाथ रारा नगरपालिकाले नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपाकिाले आ.व. २०७९/८० को वार्षिक कार्यक्रम अनुसार लोग सेवा आयोगले लिने खरिदार, नायब सुब्वा, प्राविधिक तर्फका कक्षा सञ्चालन गर्ने भएको हो ।
जसअन्तर्गत खरिदार सहायक चौथो (प्रशासनतर्फ) २५ जना, नायब सुब्वा सहायक पाँचौ (प्रशासनतर्फ) २५ जना, प्राविधिक तर्फ २५ जना गरी कुल ७५ जनालाई निशुल्क कक्षा सञ्चमलन गर्ने भएको हो ।
यसका लागि नगरपालिका भित्रको इच्छुक स्थायी बासिन्दाले सूचना प्रकाशन भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवदेन दिन सक्नेछन् ।