404 Not Found


nginx
‘प्रेमगीत ३’को सेन्सर विवादबारे स्पष्टीकरण दिन मन्त्रालयमा उपस्थित हुन निर्देशन - Janata Media

‘प्रेमगीत ३’को सेन्सर विवादबारे स्पष्टीकरण दिन मन्त्रालयमा उपस्थित हुन निर्देशन

जनता संवाददाता
२०७९ आश्विन ५ गते, बुधबार

काठमाडौं । ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस गर्ने निर्णयबारे स्पष्टीकरण सोध्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई बिहीबार बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव सेवन्तक पोखरेलले नेपाली फिल्मलाई विदेशी फिल्म भन्दै सेन्सर सिफारिस गरिएकोबारे स्पष्टीकरण सोध्न केसीलाई मन्त्रालयमा बोलाइएको बताए ।

बोर्डको निर्णयलाई चुनौती दिंदै ‘प्रेमगीत ३’का वितरकले बिहीबार मन्त्रालयमा उजुरी दिएपछि यो विवादमा मन्त्रालयले हात हालेको हो । ‘वितरकको उजुरीका आधारमा स्पष्ट हुन हामीले उहाँलाई बोलाएका हौं,’ पोखरेलले भने, ‘पहिले नेपाली भनेर सेन्सर गर्ने र अहिले आएर हिन्दी भन्ने कुरा बाझिएकाले हामी स्पष्ट हुन चाहेका हौं ।’

सेन्सर बोर्डका अध्यक्ष टंक महतले पनि भुवन केसीलाई मन्त्रालयमा बोलाइएको पुष्टि गरे । ‘सचिवज्यूले स्पष्ट हेर्न बोलाउनुभएको हो,’ महतले अनलाइनखबरसँग भने, ‘सेन्सर गर्ने मन्त्रालयले हो, बोर्डले होइन । हामी यसबारे थप निर्णय गर्छौं ।’

चलचित्र विकास बोर्डले बुधबार दिउँसो ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिंदै सेन्सर सिफारिस दिएको थियो ।

प्रकाशित मिति : २०७९ आश्विन ५ गते, बुधबार