प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लवबिच भेटवार्ता

जनता संवाददाता
२०७९ माघ २३ गते, सोमबार

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट गरेका छन् । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीसँग भेट गर्न महासचिव विप्लव नेता खड्गबहादुर विश्वाकर्मासहित बालुवाटार पुगेका थिए ।

प्रकाशित मिति : २०७९ माघ २३ गते, सोमबार


Scroll to Top

Janata Media