सल्यानमा गाडी दुर्घटना हुँदा सहचालक घाइते

जनता संवाददाता
२०७९ माघ २३ गते, सोमबार

सल्यान । सल्यानको बागचौर नगरपालिका वडा नं.४ पेदिखोला दुदिलाबोटमा फोर्स गाडि दुर्घटना हुँदा सोहि गाडीका सहचालक घाइते भएका छन् ।

दाङको तुलसीपुर बाट रुकुमको नुवाकोटतर्फ जादै गरेको लु १ ख ६२७१ फोर्स गाडी दुर्घटना हुँदा सोहि गाडीका सहचालक हरि वली घाइते भएका हुन ।

आइतबार राति १२ बजे सल्यानको बाँगेलाखुरि बाट सिमखोलि तर्फ गाडी हिड्दा चालक र सहचालक मात्र गाडीमा रहेको,प्रहरी चौकी सिमाखोली बाँगेलाखुरीले जनाएको छ। अहिले घटनाको अनुसन्धान सुरु भएको र चालक सम्पर्कमा नआएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०७९ माघ २३ गते, सोमबार


Scroll to Top

Janata Media