काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ।
श्रीलंकाको डम्बुला स्टेडियममा टस जितेर पाकिस्तानले सुरुमा फिल्ड रोजेको हो। नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ।
समूह ‘ए’को नेपाल पहिलो खेलमा यूएईमाथि ६ विकेटले विजयी भएको छ। पाकिस्तानमाथि ऐतिहासिक जित निकाल्दै नेपाल सेमिफाइनलको ढोका खोल्न चाहन्छ।
पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तान पहिलो जितको खोजीमा छ। समूह ‘ए’मा नेपाल र भारतले दुई दुई अंक जोडेका छन् भने यूएई र पाकिस्तान अंकबिहीन छन्।







