404 Not Found


nginx
कालीकोटको नरहरिनाथमा एम्बुलेन्स सेवा सञ्चालन - Janata Media

कालीकोटको नरहरिनाथमा एम्बुलेन्स सेवा सञ्चालन

जनता संवाददाता
२०७९ माघ २४ गते, मंगलवार

सुर्खेत । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रले नरहरिनाथ गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको हो । नरहरिनाथ गाउँपालिका र नेपाल रेडक्रस नरहरिनाथ उपशाखा एम्बुलेन्स सञ्चालन गर्न लागेको छ ।

गाउँपालिका र नेपाल रेडक्रस उपशाखाले एम्बुलेन्स सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्र बिष्टले जानकारी दिए । ‘गाउँपालिकामा एम्बुलेन्स अति आवश्यक रहेका बेला रेडक्रसले एम्बुलेन्स दिएको छ ।’ उनले भने,‘अब गाउँपालिकाका बिरामीले एम्बुलेन्स सेवा पाउनु हुनेछ ।’

एम्बुलेन्स सञ्चालनका लागि सञ्चालक समिति गठन गर्ने र बिरामीलाई सहुलियत दरका भाडादर कायम गरिने गाउँपालिका अध्यक्ष बिष्टले बताए । ‘गरिब, असाहय विपन्नलाई निःशुल्क गर्ने गरि एम्बुलेन्स सञ्चालनमा आउँछ ।’ उनले भने,‘अन्य बिरामीले पनि सहुलियत भाडादर कायम हुन्छ ।’

गाउँपालिकासँग सहकार्य गरेर एम्बुलेन्स सेवा सञ्चालन हुने नेपाल रेडक्रस कालीकोट जिल्ला शाखा मन्त्री तपेन्द्र महताराले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ माघ २४ गते, मंगलवार