ताँजाकोट गाउँपालिकाको हिउँदे गाउँ सभा सम्पन्न, १४ ऐन र ३९ कार्यविधि पारित

जनता संवाददाता
२०७९ माघ २७ गते, शुक्रबार

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाको हिउँदे गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष लालकेश जैसी, उपाध्यक्ष सुरेन्द्र थापा, सम्पूर्ण वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सम्पूर्ण जनप्रतिनिधिहरु र सर्वसाधारण जनताहरुको उपस्थितिमा सभा सम्पन्न भएको हो ।

गाउँपालिकाका अध्यक्ष जैसीले गाउँ सभा सक्किए लगत्तै जनता मिडियासँग काम गर्नका लागि आवश्यक पर्ने ऐन, नियम र कार्यविधि पारित गरेको बताए । उनले भने, ‘हामीले १४ ओटा ऐन र ३९ ओटा कार्यविधि सर्वसम्मत रुपमा पारित गरेका छौँ । यसको कार्यान्वयनका लागि राजपत्तमा प्रकाशन गरी छिट्टै कामकाजमा ल्याउन हाम्रो पहल हुनेछ ।’

पारित ऐन
१.ताँजाकोट गाउँपालिकाका दलितहरुको अधिकार संरक्षण तथा प्रबद्र्धन कार्यान्वयन ऐन -२०७९
२.संस्था दर्ता तथा नियमन ऐन -२०७९
३.अनुगमन तथा मुल्याङ्कन ऐन -२०७९
४.कृषि व्यवसाय प्रबद्र्धन ऐन -२०७९
५.पूर्वाधार व्यवस्थापन ऐन -२०७९
६.तथ्याङ्क तथा अभिलेख व्यवस्थापन ऐन -२०७९
७.फोहोर मैला व्यवस्थापन ऐन -२०७९
८.प्राकृतिक स्रोतको संरक्षण ऐन -२०७९
९.जलश्रोत ऐन -२०७९
१०.भाषा, संस्कृति र ललितकला संरक्षण ऐन -२०७९
११.निर्माण व्यवसाय ऐन -२०७९
१२.अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण र प्रबद्र्धन ऐन -२०७९
१३.स्वास्थ्य तथा सरसफाई ऐन -२०७९
१४.सार्वजनिक खरिद नियमावली -२०७९

प्रकाशित मिति : २०७९ माघ २७ गते, शुक्रबार


Scroll to Top

Janata Media