टी-ट्वान्टी विश्वकपः न्यूजिल्यान्डविरुद्ध अस्ट्रेलियाको शानदार जित

जनता संवाददाता
२०७९ माघ २९ गते, आईतवार

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्यूजिल्यान्डमाथि शानदार जित हात पारेको छ । शनिबार राति भएको समूह ‘ए’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले न्यूजिल्यान्डलाई ९७ रनले पराजित गरेको हो ।

जितका लागि १ सय ७४ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड १४ ओभरमा सबै विकेट गुमाउँदै ७६ रनमै सिमित भयो । न्यूजिल्यान्डका लागि अमेलिया केरले सर्वाधिक २१ रन बनाइन् । अस्ट्रेलियाकी असलेघ गार्डनरले सर्वाधिक ५ विकेट हात पारिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७३ रन जोड्यो । अस्ट्रेलियाका लागि अलायसा हेलीले ५५, कप्तान मेग लानिङले ४१ तथा एलायसी पेरीले ४० रनको योगदान गरे ।

न्यूजिल्यान्डका लागि लीया टाहुहु र अमेलिया केरले समान ३-३ विकेट लिए ।

 

प्रकाशित मिति : २०७९ माघ २९ गते, आईतवार


Scroll to Top

Janata Media