पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

जनता संवाददाता
२०७९ कार्तिक १७ गते, बिहीबार

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् ।

गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । घटनामा अरु ३ ४ जना पनि घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
गोली हान्ने एक जना व्यक्तिलाई पक्राउ गरिएको पाकिस्तानी प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते, बिहीबार


Scroll to Top

Janata Media