प्रेम मुखमा हैन, मुटुमा हुन्छ – कविता

जनता संवाददाता
२०७९ फाल्गुन २ गते, मंगलवार

प्रेम
मुखमा
हैन
मुटुमा हुन्छ।
साथ
दिन्छेउ नि सुमि,
याद
फेसबुकमा हैन
पलपलमा
हुन्छ,
कुटुकुटुमा
हुन्छ
घुटुघुटुमा हुन्छ।
आज
सकियो
भन्छन
प्रेम सप्ताह !
के था
मायाको
नाटक
गर्नेहरू लाइ !
प्रेम

मिलनमा हैन
जिन्दगीभर
कहिल्लै
नछुटुमा
हुन्छ।
उकालीमा
हुन्छ
ओरालिमा
हुन्छ
सुखदुःखमा हुन्छ।
अनि
सङ्गै बसुमा
हुन्छ
सङ्गै उठुमा हुन्छ।
रमिता
देखाउनेहरु
तस्वीरमा
देखाउँछ्न।
फुलमा
देखाउँछ्न
चक्लेटमा
देखाउँछ्न।
अनि
के के गर्छन गर्छन।
महोदय
सत्य प्रेम
देखाउने
हैन लेखाउने हो।
चोखो
प्रेम

गुटुमुटुमा
हुन्छ।
लुटुपुटुमा हुन्छ।

प्रकाशित मिति : २०७९ फाल्गुन २ गते, मंगलवार


Scroll to Top

Janata Media