हुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्ला उपनिर्वाचनको तयारीका लागि सर्केगाडमा पुगेको छ । उपाध्यक्ष पदका लागि पार्टीले उम्मेदवारी दिने भएपछि त्यसको तयारीस्वरुप सर्केगाडमा पुगेको हो ।
यसै अनुरुप राप्रपाले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ। उपाध्यक्ष पदको लागि उम्मेदवारी केन्द्रमा सिफारिस गरेको आफ्नो उम्मेदवारी दिने भएपछि निर्वाचनका लागि समिति गठन गरेको छ।
उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको सर्केगाड गाउँपालिकामा बसेको राप्रापाका केन्द्रीय सदस्य कालिबहादुर शाही र जिल्ला अध्यक्ष विकास महतको उपस्थितिमा सर्केगाड गाउँपालिका कार्य समितिको बैठकले उपनिर्वाचनका लागि दुई वटा उपसमिति गठन गरेको राप्रपा हुम्लाका अध्यक्ष बिकास बहादुर महतले जानकारी दिए ।
राप्रपा कर्णाली प्रदेशका सदस्य बरुने ऐडीको संयोजकत्वमा तीन सदस्यीय आर्थिक संकलन उपसमिति गठन गरिएको छ। निर्वाचनको प्रचार प्रसारका लागि शिवराज रोकायाको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ।