काठमाडौँ । सर्वोच्च अदालतले सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा विदा दिने भनिएको निर्णय बदर गरेको छ ।
न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवको अवसरमा देशभर सार्वजनिक विदा दिने सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरिदिएको हो ।
सरकारले २०७९ माघ २९ मा जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको त्यस निर्णय विरुद्धमा सर्वोच्च अदालतमा द्वन्द्वपीडितहरुले रिट निवेदन दर्ता गरेका थिए ।
विदा दिने विषयमा संघ र प्रदेश सरकारले गरेका निर्णय र सूचनाहरु बदर भएका हुन् । सर्वोच्चले संक्रमणकालीन न्यायको काममा संलगन संस्थाका भावी काममा प्रभाव पर्नेगरी वान्छनीय देखिने उल्लेख गरेको छ ।







