मुस्ताङमा बस दुर्घटना, १७ जना यात्रु घाइते

जनता संवाददाता
२०७९ फाल्गुन ३ गते, बुधबार

काठमाडौँ । मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रालिको यात्रुबाहक बस बुधबार बिहान ८:३० बजे थासाङ गाउँपालिका–३ थम्पु सडकमा दुर्घटना भयो । प्रालिको ना ७ ख ७४४० नम्बरको बस बेनी–जोमसोम सडकबाट करिब ४५ मिटर तल कालिगण्डकी नदीमा खस्यो । बस दुर्घटनामा १७ जना यात्रु घाइते भए ।बस कालिगण्डकी नदीमा उत्तानो अवस्थामा पल्टियो ।

बसमा दुई भारतीयसहित १७ जना यात्रु थिए । जसमध्ये १० जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ भने सामान्य घाइतेको लेते प्राथमिकत स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेको प्रहरी र स्थानीयबासीले कालिगण्डकी नदीबाट उद्दार गरेका थिए ।

जोमसोमबाट बिहान ७ बजे यात्रु चढाएर पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरलाको बस करिब ८ बजे थासाङको छाक्तान भन्ने स्थानमा रहेको खाङ्लो खाजाघरमा रोकियो । त्यहाँ बसका यात्रुले चिया नास्ता गरे । त्यहाँ खाजा खान रोकिएको बस गन्तव्यतर्फ मोडियो । बसमा त्यही खाङ्लो खाजाघरका सञ्चालक महेन्द्र गौचनमा चढे । बस धम्पु पुल नजिकै पुग्यो । त्यहाँ पुग्दा दुई जना महिला बसमा चढे । उनीहरु चढेको ५ मिनेट नपुग्दै बसले सडक छोडेर कालिगण्डकीमा खस्यो ।

खाङ्लो खाजाघरका संञ्चालक महेन्द्र गौचन सधै पोखरा जाँदा म्याग्दी कोरलाको बसमा यात्रा गर्ने गर्छन् । यसैले म्याग्दी कोरला बसका सबै स्टाफलाई उनले राम्ररी चिन्दछन्। उनी आफ्नो खाजा घरबाट पोखरा जानका लागि त्यही बसमा चढे । त्यतिबेला बसको डाइभिङ सिटमा चालक नभइ सहचालकले बस चलाएको देखे । बस चढेको केही पर दुई महिला बसमा चढ्न थाले । बसमा चढेका दुई महिलालाई बसको पछाडि सिट छ बस्नुस भनेर गौचनले जानकारी गराए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते, बुधबार


Scroll to Top

Janata Media