
हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाले किसानहरुलाई स्याउका बिरुवा र ओखरका वितरण गरेको छ । गाउँपालिकाले स्थानीय कृषकलाई करिब चार हजार स्याउ र ओखरका बिरुवा वितरण गरिएको हो ।
गाउँपालिकाको कुषि शाखाले प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गत ६ ओटै वडाका कृषि फर्म सञ्चालक र अन्य घरधुरिलाई स्याउ र ओखरका बिरुवा वितरण गरिएको हो । स्याउ र ओखरका बोटाका लागि खाल्डो बनाएका स्थानीय कुषकहरुलाई वितरण गरिएको बताईएको छ ।
गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले कृषि फर्म सञ्चालक र अन्य घरपरिवारलाई स्याउ र ओखरका बिरुवा वितरण गरेको बताए । ‘लगभग चार हजार स्याउ र ओखरका बिरुवा वितरण गरिसकेका छौँ । बाँकि त्यस क्रममा पछि वितरण गर्ने छौँ ।’ जनता मिडियासँग उनले भने ।
अर्गानिक उत्पादनलाई प्राथमिकता दिँदै गाउँपालिकालाई नमूना बनाउने उद्देश्यका साथ उक्त परियोजना अगाडि बढाइएको हो ।