चंखेली गाउँपालिकामा दलित परिवारलाई ग्याँस सिलिण्डर वितरण

जनता संवाददाता
२०७९ फाल्गुन ५ गते, शुक्रबार

दिपक बुढा, हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाले लक्षित समुहका दलित घर परिवारलाई ग्याँस चुलो र सिलिण्डर वितरण गरेको छ । गाउँपालिका भित्र रहेका दलित घरपरिवारलाई लक्षित गरी करिब दुई सय घर धुरीलाई वितरण गरिएको हो ।

गाउँपालिकाको आव २०७९।०८० को विनियोजित बजेट अनुसार लक्षित कार्यक्रम अन्तर्गतको २० लाख बजेटले दलित सामुदायका घरपरिवारलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष प्यारिलाल शाहीले बताए ।

चंखेली गाउँपालिकाका ६ वटा वडा मध्ये १ र ५ नम्वरमा दलितहरु नभएको र अन्य २, ३, ४ र ६ का दलित बस्तीलाई लक्षित गरि सो रकम बरावरको एक सेट खाना पकाउने ग्यास सिलिण्डर वितरण गरिएको अध्यक्ष शाहीको भनाई छ । उनका अनुसार दलित घरपरिवारलाई धुवाँ रहित बनाउने उदेश्यका साथ गाउँपालिकाले यो कार्यक्रम राखेको हो ।

जसमा पालिकाले एक सेट ग्यास सिलिण्डर सहयोग गरेपछि गाउँपालिका भित्रका दलित सामुदायका स्थानीय नागरिक उक्त सेवाबाट लाभान्वित भएका छन् ।

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते, शुक्रबार


Scroll to Top

Janata Media