
काठमाडौँ । नेकपा एकिकृत समाजवादीका प्रभावशाली नेता एवम् केन्द्रिय सदस्य हस्त बहादुर शाही उनको चाहना थियो, गठबन्धनले हुम्ला क्षेत्र नं १ बाट टिकट देओस् । तर गठबन्धनले उनको चाहना एवम् अपेक्षा विपरीत निर्णय गर्यो । भर्खर मात्रै सम्पन्न स्थानीय तहको निर्वाचनमा हुम्लाबाट एकिकृत समाजवादीले गठबन्धनका तर्फबाट कुनै गाउँपालिकामा पनि अध्यक्ष पाएन । केन्द्रिय सदस्य हस्त शाहीको चाहना थियो, अदानचुली गाउँपालिकामा अध्यक्ष पाए लड्ने तर कारणबस अध्यक्ष पद कांग्रेसको भागमा पर्यो । त्यसबेलाको स्थानीय तहको चुनावमा पनि आफैँमा चित्त बुझाए । उनलाई लाग्यो, अब सकभर प्रदेश र प्रतिनिधि सभाको चुनावमा गठबन्धनले समेट्ला तर गठबन्धनका तर्फबाट हुम्लामा प्रतिनिधि सभामा माओवादी, प्रदेश सभा अन्तर्गत क्षेत्र नं १ मा पनि माओवादी र क्षेत्र नं २ मा कांग्रेसको भागमा पर्यो ।
उनले जनता मिडियासँग कुरा गर्दै भने, ‘गठबन्धन आफैँमा पार्टी पनि होइन । निश्चित एजेण्डाका लागि पाँच दलिय समीकरण भएको हो । जतिबेला संविधान ओझेलमा परेपछि त्यसको प्रतिरक्षाका निम्ति गरिएको थियो । गठबन्धनको बिजारोपण गर्ने नै एकिकृत समाजवादी हो । जसले एमालेमा विद्रोह गरेर संविधान जोगाउनमा ठूलो भूमिका खेलेको छ ।’ उनले थपे, ‘जहाँ जहाँ एमालेले जित हासिल गरेको छ त्यहाँ समाजवादीलाई दिने गठबन्धन गर्ने बेला नै भनिएको थियो । समाजवादीलाई चुनाव सम्मै प्रमुख शक्तिका रुपमा अगाडी बढाएर लिने भन्ने भएको थियो । यि र यस्तै सहमतिहरु त्यतिबेला एक ६ बुँदे सम्झौता र ७ बुँदे रोड म्यापमा गठबन्धनका शिर्ष नेताहरुले हस्ताक्षर गरेका थिए तर अहिले उलङ्घन गरेका छन् । यहि कुराको जगमा टेकेर पनि मैँले उम्मेद्वारी दिएको हुँ ।’
शाहीको संक्षिप्त राजनीतिक यात्रा
२०४६ को परिवर्तन पश्चात विद्यार्थीकालदेखि परिवर्तनका निम्ति सानो उमेरदेखि नै नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह विद्यार्थी संगठनको प्रा।क। कमिटिको जिम्मेवारीबाट राजनीति शुरु गर्दै तत्कालिन प्रजातान्त्रिक युवा संघको जिल्ला सचिव हुँदै जिल्ला अध्यक्ष, युवा संघको केन्द्रीय लेखा आयोगको सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय सचिव र उपाध्यक्षको भूमिका निर्वाह गरे । साथै तत्कालिन नेकपा एमालेको गाउँ कमिटि उपसचिव हुँदै इलाका कमिटको सचिव हुँदै जिल्ला कमिटिको तीन कार्यकाल सचिवालय सदस्य र सातौं जिल्ला अधिवेशन जिल्ला कमिटि सचिव हुँदै पार्टी एकता पश्चात प्रदेश कमिटि सदस्यको भूमिका निर्वाह गरे। २०५८ असोज १८ को प्रतिगामी राजाको प्रतिगमन विरोधी आन्दोलनको अग्रभागमा रहदै २०६२।०६३ को संयुक्त जनक्रान्तिमा सक्रिय भूमिका निभाउदै तत्कालिन आन्दोलनमा शाही सरकारबाट ९ पटक गिरफ्तार र २०५७ कार्तिक २७ गते माओवादी जनयुद्धमा अपहरण र २०५७ मंसिरमा सैनिक गिरफ्तार र बन्दी जस्ता परिवर्तनका निम्ति समर्पण गरेका थिए । युवा संघको केन्द्रीय तहमा क्रियाशील रहंदा विभिन्न देशहरुमा भ्रमण हाल नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवम् हुम्ला जिल्ला सह ईन्चार्जको जिम्मेवारीमा छन् । २०५३ सालदेखि पार्टी राजनीतिमा पूर्णकालिन रुपले सक्रिय रहेर तत्कालिन पार्टीका नीति सिद्धान्त अनुसार जनताका जीवनसँग गाँसिएका जलविद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता कार्यहरु गर्दै सामाजिक, आर्थिक, सांस्कृतिक रुपान्तरणमा रचनात्मक कार्य गर्दै आएको उनी स्थानीय हुम्ली जनतामाझ लोकप्रिय नेताका रुपमा चिनिन्छन्।
२०४७ साउन १६ अनेरास्ववियूको सदस्यता प्राप्त २०४७ देखि २०५१ सालसम्म अनेरास्ववियूको सल्लाधारी नि।मा।वि। प्रा।क। कमिटी अध्यक्ष तथा कालिका गाउँ कमिटीको उपसचिवको जिम्मेवारी पाए । २०५२ तत्कालिन प्ररायुसंघको सदस्यता प्राप्त २०५३ तत्कालिन प्ररायुसंघको जि।क। हुम्लाको सचिव हुँदै२०५३ श्रावण २० गते पार्टी सङगठित सदस्यता प्राप्त गरे । २०५५ देखि २०५९ सम्म तत्कालिन प्ररायुसंघको जिल्ला अध्यक्ष (दुई कार्यकाल) भए । २०५९ देखि २०६१ सालसम्म नेकपा एमाले पार्टीको इलाका कमिटी सचिव भई तत्कालिन नेकपा एमालेको सातौं राष्ट्रिय महाधिवेशनमा एभयउभि ख्यगिलतभभचक का रुपमा सक्रिय भई नेकपा एमाले चौथो जिल्ला अधिवेशन २०६२ देखि २०६५ सम्म जि.क. हुम्ला सदस्य तथा सामाजिक विभाग प्रमुख २०६५ मंसिर १८-२० पांचौ जिल्ला सम्मेलनबाट पुन जि।क। सदस्यतमा निर्वाचित भई सचिवालय सदस्य तथा जनवर्गिय संगठन परिचालन विभाग प्रमुखको भूमिकामा रहे ।
यस्ता छन् शाहीका १४ बुँदामा प्रतिबद्धता
“जनताकाे विकासमा मेराे दक्षता, “सुशासन र अग्रगमनमा मेराे प्रतिबद्धता”
१. हुम्ला प्रदेश क विकास र समृद्धिका लागि जल, जंगल, जमिन लाई जनताकाे स्वामित्वलाई स्थापित गर्नाका निम्ति ।
२. गरिबी अशिक्षा र उत्पिदन अन्त्य गर्नाका निम्ति ।
३. विकास याेजना कमिसन तन्त्रकाे अन्त्य गर्नाका निम्ति ।
४. मौलाउँदाे संस्थागत भ्रष्टाचारकाे अन्त्य गर्नाकाे निम्ति ।
५. जातीय तथा लैङ्गकि विभेदकाे अन्त्य गर्नाका निम्ति ।
६. माेटरबाटाे, जलविद्युत लगाएत जनताकाे जीवनस्तरसंग जाेडिएका विकास परियाेजनालाई दिर्घकालिन कार्षन्वन गर्नका निम्ति ।
७. संविधानमा व्यवस्था भएका मौलिक हकलाई जनताको विचमा देखिने गरि कार्यन्वयन गर्नाका निम्ति ।
८. स्थानीय उत्पादनकाे वृद्धि गरि स्थानिय बजारीकरण स्थापना गर्नाका निम्ति ।
९. गरिवी निवारण, वर्ग समानता सहितको स्वतन्त्रता र निम्न स्तरका जनताकाे आत्मनिर्भरता निम्ति ।
१०. शिक्षा स्वास्थ्य कृषि लाई आधुनिकरण गर्दै जनताकाे पहुँचमा स्थापित गरि राेजगारी सिर्जना गर्नाका निम्ति ।
११. उत्पादित लगु जलविद्युतकाे पावर सेभिङ्ग गरि जलविद्युत “हव” काे अवधारणालाई कार्यन्वयन गरि सम्भावित जलविद्युत् अध्यन तथा उत्पादन गर्नाका निम्ति ।
१२. स्थानिय संस्कृतिककाे सम्बर्द्धन, संरक्षण गर्दै तिनिहरुकाे आधुनिकरण गर्ना निम्ति ।
१३. कानुनी व्यवस्था अनुसार महिला तथा बालबालिकाे अधिकार लाई पुर्णरुपमा लागु गरेर घरेलु हिम्साकाे अन्त्य गर्नाका निम्ति ।
१४. परम्परा कृषि प्रणालीलाई आधुनिकीकरण गरि फलफूल, जडिबुटी जस्ता खेती प्रणाली एक घर एक करेशा बारी, एक गाउँ एक नर्सरी स्थापना गर्ना निम्ति ।
शाही अहिले गठबन्धनका उममेद्वारलाई स्विकार गर्न नसकेर एकिकृत समाजवादीका तर्फबाट हुम्ला क्षेत्र नं १ मा प्रत्यक्ष उममेद्वारका रुपमा छन् ।