हुम्लामा एक महिलाले गरिन् आत्महत्या

जनता संवाददाता
२०७९ फाल्गुन ६ गते, शनिबार

हुम्ला । हुम्लामा एक महिलाले आत्महत्या गरेकी छन् । जिल्लाको सिमकोट गाउँपालिका वडा नं १ मा बसोबास गर्ने अन्दाजी ३० वर्षिय छिरिङ कुडोल लामाले आत्माहत्या गरेकी हुन् ।

उनको पहिलो श्रीमानबाट बच्चाहरु भएको र उनले फेरी अर्को विवाह गरी करिब ६ महिनाको बच्चा जन्माएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिता प्रसाद चौघरीले बताए । ‘उनका दोस्रो श्रीमान खार्पूनाथ हुन् । उनीहरु हुम्लाको सिमकोट गाउँपालिका वडा नं १ मा बसोबास गर्दे आएका रहेछन् ।’ जनता मिडियासँग उनले भने ।

आज महाशिवरात्री पर्व भएकाले पनि जिल्ला अस्पतालमा सेवाहरु दिन नसकिएकाले आजै पोस्टमाटम गर्न नसकिएको र भोलि मात्रै पोष्टमार्टमका लागि लिईएको वडा नं १ का अध्यक्ष गोर्ख लामाले बताए ।

के कारणले आत्महत्या भयो अहिले नै भन्न सकिने अवस्था छैन ।

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते, शनिबार


Scroll to Top

Janata Media