सन्दीपविरुद्धको मुद्दामा ‘बहस नोट’ झिकाउन आदेश

जनता संवाददाता
२०८० कार्तिक २३ गते, बिहीबार

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले दुवै पक्षसँग बहस नोट माग्ने आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशव घिमिरेको इजलासले बिहीबार दुवै पक्षसँग बहस नोट झिकाउने आदेश गरेको हो।

दुवै पक्षले बहस नोट बुझाइसकेपछि अब अर्को पेसीमा मात्रै बहस सुरु हुनेछ। सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौमा बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्। उनले आफू नाबालिग रहेको दाबी गरे पनि उनको उमेरमा विवाद छ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते, बिहीबार