राष्ट्रपति चयनपछि मुलुकले नयाँ गति लिन्छ : सभामुख घिमिरे

जनता संवाददाता
२०७९ फाल्गुन ६ गते, शनिबार

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति चयन प्रक्रिया सकिएपछि मुलुकले नयाँ गति लिने बताएका छन्। शुक्रबार साँझ झापामा मएको पत्रकार भेटघाटमा उहाँले यस्तो बताएका हुन्।

गृह जिल्ला झापा र आफ्नो निर्वाचन क्षेत्रमा पुगेर सभामुख घिमिरेले भने, ‘‘म निष्पक्ष भएर सभामुखको भूमिका निर्वाह गर्नेछु। संसद्को मर्यादामा आँच आउन नदिने गरी काम हुन्छ। केही दलका कारण अहिले केही समस्यामा देखिएको देशको विकासको गतिले नयाँ राष्ट्रपति चयन प्रक्रिया सकिएसँगै नयाँ गति लिन्छ।’’

संसदमा रहेका दलबाट नै अहिलेको शासन व्यवस्थामाथि खतरा रहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । उनले संविधान विपरितका काम सडक र संसदमा देखिएको भन्दै यस्तो बताएका हुन्।

उनले सरकारमा रहेका दलका नेताबाट नै संविधान विपरीतका काम हुनु राम्रो सङ्केत नभएको बताए। संविधानले गणतन्त्र स्वीकार गरिसकेको अवस्थामा सरकारमा रहेका दल तथा यसका नेताले राजतन्त्रको विषयमा वकालत गर्नु संविधानको मर्म र भावना अनुरुप नभएको उनको भनाइ छ। यस्ता विषयमा सरकार र सम्बन्धित पार्टीले स्पष्ट रुपमा धारणा ल्याउनुपर्ने बताए।

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते, शनिबार


Scroll to Top

Janata Media