कर्णालीमा कांग्रेसका तीन मन्त्रीद्वारा राजीनामा

जनता संवाददाता
२०८० फाल्गुन २२ गते, मंगलवार

काठमाडौं । कर्णाली प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् । मङ्गलबार कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार बिसी संयुक्त रूपमा राजीनामा दिएका हुन् । उनले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा पत्र पेस गरेका हुन् ।

उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए । उनीहरूले पत्रकार सम्मेलन गरी आफ्नो कार्यप्रगति समेत सार्वजनिक गरेका छन् । सुशासन प्रवर्द्धन गर्नका लागि नयाँ कार्यक्रमको थालनी गरिएको र बजेट खर्च सुधारमा नीतिगत कुरा समावेश गरिएको अर्थमन्त्री वेदराज सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते, मंगलवार