
काठमाडौं । नेपाली कांग्रेसको आह्वानमा आज दिउँसो १ बजे आठ दलको संयुक्त बैठक बस्ने भएको छ । राष्ट्रपति उम्मेद्धार चुन्ने विषयमा शुक्रबारदेखि बनेको नयाँ गठबन्धनका आठै दलको बैठक १ बजे राखिएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
डा. महतका आनुसार ८ दलका तर्फबाट राष्ट्रपतिका साझा उमेदवार कांग्रेस नेता पौडेलको उमेदवारीमा प्रस्तावक र समर्थकको टुंगो पनि सोही बैठकले लगाउनेछ ।
राष्ट्रपतिको उमेदवार बन्न पाँच सांसद प्रस्तावक र पाँच सांसद समर्थक आवश्यक हुन्छ ।