404 Not Found


nginx
राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अल्बेर्टाे एनेस नियुक्त - Janata Media

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अल्बेर्टाे एनेस नियुक्त

जनता संवाददाता
२०७९ फाल्गुन १७ गते, बुधबार

काठमाण्डाै । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्चेन्जो अल्बेर्टो एनेसलाई नियुक्त गरेको छ ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बाहिरिएपछि एन्फाले मुख्य प्रशिक्षकका लागि दर्खास्त आह्वान गरेको थियो । आवेदन दिएर सर्टलिस्टमा परेका प्रशिक्षकलाई अन्तरवार्ताका लागि भौतिकरूपमै उपस्थित भएका एकमात्र मुख्य प्रशिक्षक एनेसलाई नियुक्त गरेको एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते, बुधबार