कर्णालीको निति तथा कार्यक्रममा सिमकोटलाई मानसरोवर प्रवेशद्वारको रुपमा विकास गर्ने

जनता संवाददाता
२०८२ जेष्ठ २१ गते, बुधबार

सुर्खेत । कर्णाली प्रदेश सरकारको निति तथा कार्यक्रममा हुम्लाको सदरमुकाम सिमकोटलाई मानसरोवर प्रवेशद्वारको रुपमा विकास गर्ने बताइएको छ ।

कर्णालीको नीति तथा कार्यक्रममा सिमकोटलाई मानसरोवर तथा कैलाश प्रवेशद्वारको रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्न खार्पु–सिमकोट नमुना एकीकृत पर्यटन पूर्वाधार विकास र शे–फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन रिङ्बो बस्तीलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीको रूपमा रूपान्तरण गरिने उल्लेख छ।

निति तथा कार्यक्रममा उल्लेख गरिएको छ, “हुम्लाको सदरमुकाम सिमकोटलाई मानसरोवर तथा कैलाश प्रवेशद्वारको रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्न खार्पु-सिमकोट नमुना एकीकृत पर्यटन पूर्वाधार विकास र शे-फोक्सुण्डो ताल किनारमा रहेको प्राचीन रिङ्बो बस्तीलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीको रूपमा रूपान्तरण गर्ने कार्य अगाडि बढाइएको छ । सडक, सडक पुल र झोलुङ्गे पुल लगायतका पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ ।”

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते, बुधबार


Scroll to Top

Janata Media