विवाद सुल्झिएसँगै अदानचुली गाउँपालिकाका जनप्रतिनिधि अनुगमनमा

जनता संवाददाता
२०७९ चैत्र १८ गते, शनिबार

हुम्ला । केहि महिना यता विवाद उत्पन्न भएको हुम्लाको अदानचुलीमा गत केहि दिन अघि मात्रै विवाद सुल्झिएको छ । यो सँगै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत अन्य वडाका वडाध्यक्षहरु र जनप्रतिनिधिहरु विकास निर्माणका कामका अनुगमनमा निस्किएका छन् ।

सडक आसपास रहेका भौतिक संरचनाको तथ्याङ्क संकलन गर्न थालेको छ । गाउँपालिकाको गल्फागाड देखि कालागाड सम्म निमार्ण हुने पक्की सडकको सर्भेका लागि सडक छेउछाउको घर जग्गाको प्रारम्भिक तथ्याङ्क संकलन थालेको हो ।

कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक स्थानीय सड्क सुधार आयोजना सुर्खेत र विश्व बैंकको आर्थिक सहयोगमा गल्फागाड देखि कालागाड ८ मिटरमा चौडाईमा सडक निमार्ण हुने जनाईएको छ ।

शनिवार एक कार्यक्रमका विच कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवन बहादुर शाही, अदानचुली गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंह, उपाध्यक्ष कर्ण रोकाया, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही, सबै वडाका वडा अध्यक्ष, विश्व वंैकका प्रत्तिनिधी, गाउँपालिकाका इन्जिनियर अनिल कुमार मिश्र, स्थानिय नन्द बहादुर शाही, कर्यापालिका सदस्य, वडा सदस्य, राजनैतिक दलका प्रमुख तथा प्रत्तिनिधी र स्थानियको सहभागितामा अनुगमन गर्दै तथ्याङ्क संकलन गरिएको थियो ।

 

प्रकाशित मिति : २०७९ चैत्र १८ गते, शनिबार


Scroll to Top

Janata Media